आइएस प्रमुखको ‘अडियो’ सार्वजनिक

कात्तिक २८ काठमाडौँ-आइएसका प्रमुख अल बग्दादीको ताजा अडियो सन्देशसहितको ‘टेप’ सार्वजनिक गरिएको छ ।  उनी मारिएको भन्ने दाबी गरेकै समयमा अडियो सार्वजनिक गरिनुले एउटा बेग्ले आशंका पैदा भएको छ । सोसल मिडियामार्फत् सार्वजनिक गरिएको उक्त अडियो सन्देशमा बग्दादीले आफू मारिएको भन्ने ‘अनर्गल’ प्रचार गरिएको भन्दै आइएसले आफ्नो कारबाही जारी राख्ने स्पष्ट पारेका छन् । एकजना मात्रै लडाकु बाँकी रहँदासम्म पनि युद्ध जारी रहने भन्दै बग्दादीले आफूहरुको जित निश्चित भएको ठोकुवा गरेका छन् ।एजेन्सी