अख्तियार प्रमुख कार्की सुशासन समितिमा उपस्थित नहुने

कात्तिक २९, काठमाडौँ- व्यवस्थापिका संसदअर्न्तगतको सुशासन तथा अनुगमन समितिले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बाेलाउने निर्णय गरे पनि कार्कीले उपस्थित हुन नसक्ने जनाएका छन्।
उक्त समयमा कार्कीको चीन भ्रमणको कार्यक्रम रहेकाले अर्को समय दिन अख्तियारले समितिलाई पत्र पठाएको छ। सुशासन समितिको आज बसेको बैठकले अख्तियार प्रमुख कार्कीलाई बुधबार (मंसिर ३) को सट्टा मंसिर १८ गते बोलाउने निर्णय गरेको थियो।
समितिले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पछिल्लो गतिविधि र कार्य प्रगतिबारे विषयमा जानकारी लिन प्रमुख आयुक्तसहित अन्य पदाधिकारीलाई समितिका बोलाउने निर्णय गरेको हो।नागरिक दैनिकमा खबर छ