यु–१९ प्रिमियर लिगमा नेपालले अफगानिस्तानको सामना गर्दै

कात्तिक २८ काठमाडौँ- कुबेतमा जारी एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटमा नेपालले अफगानिस्तानको सामना गर्दै छ । यस अघिका ३ खेल जितिसकेको नेपालले  आजको खेलमा नेपालले अफगानिस्तानलाई हराउन सके उपाधी जित्ने लगभग निश्चित  छ । हासम्म अफगानिस्तानले पनि समान ३ खेल नै जितेपनि  उसको रनरेट नेपालको भन्दा बढी छ । तर, नेपालले आज उसलाई हराउन सके नेपाल शीर्ष स्थानमा पुग्दै उपाधी जित्ने पक्कापक्की हुनेछ ।  एसियाको क्रिकेटमा उदाउँदो राष्ट्रको रुपमा रहेको नेपाल र अफगानिस्तानबीचको खेल निकै प्रतिश्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।