२२ दलले धनगढिमा विरोधसभा गदै

कात्तिक २८ काठमाडौँ-एकिकृत नेकपा माओवादीको नेतृत्वमा रहेको २२ दलिय मोर्चाले आज कैलालिको धनगढिमा विरोध प्रर्दशन तथा सभा गर्दैछ । केही बेरपछि हुने सभालाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फोरम लोकतान्त्रिक, लगायतका २२ दलका प्रमुख नेताहरुले सम्बोधन गर्नेएमाओवादी अध्यक्षका सहयोगी शिव खकुरेलले जानकारी दिए । राजधानीमा हुने संमितीको बैठक लगत्तै उनीहरु त्यतर्फ प्रस्थान गर्ने खकुरेलले जनाए । २२ दलले पहिचान सहितको संघियता र संघियता सहितको नयाँ संविधान निमार्णमा दबाब दिन तथा सत्तासिन दलहरुले धर्मनिरपेक्षता, समानुपातिक, समावेसीताका मुद्धालाई छाड्दै गएको विरोधमा जनप्रर्दशन र विरोधसभा गर्दै आएका छन् ।