काठमाडौंमा प्रतिआना ७ हजारदेखि ४० लाखसम्म

कात्तिक २८, काठमाडौं-सरकारले काठमाडौं उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्याङकन तोकेको छ । कारोबार दैनिकमा समाचार छ । जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । सरकारले साउनदेखि नै नयाँ मूल्याङकन गरेपनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म भइरहेको छ ।

सरकारले काठमाडौंको केशरमहलद्धारदेखि पश्चिम ठमेल हुँदै क्षेत्रपाटीचोकसम्म, इन्द्रचोक, हनुमोनढोका, असन, जमल, माइतीघर, सिंहदरबार पश्चिम गेट कमलादी, सुन्धारा न्यूरोड सुन्धारा लगायतका स्थानको जग्गाको मूल्य प्रतिआना ४० लाख सम्म तोकेको छ ।

सबैभन्दा बढी मूल्य कुपन्डोल, पुल्चोक धोबीघाट, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल, कसुन्ती, कुमारीपाटी लगायतका मुल सडक जोडिएको जग्गाको प्रतिआना ७ लाख ५६ हजार रुपैयाँ मूल्याङकन राखिएको छ