अपराधीलाई अन्तर्राष्ट्रिय अदालतले छाड्दैन: अध्यक्ष ओली

कात्तिक २७, काठमाडौँ-नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले दण्डहीनता निम्त्याउने जोकोही पनि कानुनबाट उम्कन नसक्ने बताएका छन् । एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाको आज ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले सशस्त्र युद्धकालमा भएका मानव अधिकार विरोधी घटनालाई पनि सत्य निरूपण तथा मेलमिलाप आयोगले माफी दिन नमिल्ने स्पष्ट गरेका छन् । ओलीले  “नेपालको कानुनले छोएन भने अन्तर्राष्ट्रिय अपराध अदालतमा गएर पनि कारबाही हुन सक्छ । त्यसका लागि एमालेले सहयोगी भूमिका निर्वाह गर्नेछ ।