आफु रोएर पललाई हसाउने शिल्पा

कात्तिक २७, काठमाडौँ-नायिका तथा मोडल शिल्पा पोखरेलले मोडल पल शाह यतिबेला प्रेममा छन् । शिल्पा आफु रोएपनि पलको अगाडी भने सँधै मुस्काउछिन् । यो कथा हो एक म्यूजिक भिडियो को ।

समन अधिकारीले भिडियो निर्देशन गरेको ‘आफू रोएर पनि’ बोलको यो गीतमा विरेन्द्र श्रेष्ठको स्वर रहेको छ । अर्जुन पोख्रेलको संगीत, भावना पाठकको शब्द छन् । भिडियोमा निशान घिमिरेको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ ।