नेविसंघको ११ औँ महाधिवेशन सातौँ पटक स्थगीत

कात्तिक २७, काठमाडौँ-  पटक–पटक मिति तोक्दै स्थगीत हुँदै आएको नेपाल विद्यार्थी संघको ११ औँ राष्ट्रिय महाधिवेशन   फेरी स्थगित भएको छ । आसन्न दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कलाई कारण देखाउँदै माउ पार्टीले स्थगीत गरेका बताइएको  छ ।  नेपाली कांग्रेसको आज बिहान पार्टीका केही प्रभावशाली नेताहरुको बैठकले महाधिवेशन पुनः स्थगित गरेको प्रवक्ता युपी लामिछानेले बताए ।  यस अघि पनि पटक–पटक मिति तोक्दै महाधिवेशन यस पटक गरेर सातौँ पटक स्थगीत भएको छ । महाधिवेशन अनिश्चित कालका लागि स्थगित भएको प्रवक्ता  लामिछानेले बताए  । यही कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म कीर्तिपूरमा महाधिवेशन हुने तय गरिएको थियो । उम्मेदवारका आकांक्षी अधिकाशं राजधानी आइसकेका थिए । भने आकांक्षीहरु धेरै देखिएको तथा कतिपय जिल्लामा प्रतिनिधि छनोटमा बिवाद भएका कारण समेत मिलाउने जिम्मा पाएका नेताहरुको टाउको दुखाई बन्दै आएको थियो ।