काठमाडौँ फर्किंदै प्रचण्ड

कात्तिक २७, काठमाडौँ-राजनीतिक संवाद तथा सहमती समितीको बैठक छाडेर एकाएक रोल्पा हानिएका नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज काठमाडौँ फर्किने भएका छन् । २९ गते  सम्मका लागी भन्दै रोल्पा गएका प्रचण्ड शीर्ष दलका नेताको आग्रह पछि फर्किन लागको बुझिएको  छ ।

काठमाडौँ फर्किनु अभि प्रचण्डले रोल्पाको माडिचौरमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका  स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । खड्काका अनुसार जंकोट माडीचौरको कार्यक्रमपछि सदरमुकाम लिबाङमा कार्यक्रम हुनेछ ।