नयाँ उपन्यासका कारण चेतन भगत विबादमा

 कात्तिक २७, काठमाडौँ-बैंकको जागीर छोडेर लेखन जिवनमा नै अभ्यस्त बनेका भारतीय लेखक चेतन भगतको नयाँ उपन्यासका कारण विबादमा तानीएका छन् । भगत आफ्नो नयाँ उपन्यास  हाफ गर्लफ्रेन्डका कारण विबादित बनेका हुन् ।  यतिबेला निकै विवादीत बनेको छ । आफ्नोउनले  उपन्यासमा विहारको शाही परिवारको बेइज्जत गरको र तथ्यलाई तोडमोड गरिएको भन्दै विहारको बुक्सार जिल्लामा भगतको पुत्लासमेत दहन गरिएको छ ।

बुक्सार जिल्लाका युवराज चन्द्र विजय सिंहले भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै भने, ‘उनको उपन्यासमा हाम्रो परिवारलाई जहँडियाको रुपमा प्रस्तुत गरिएको र सोही कारणले डुमराव क्षेत्र टाँट पल्टिएको भन्ने आरोप लगाइएको छ ।’लेखक भगत र उनको उपन्यासको त्यहाँ विरोध प्रदर्शन भएको बुधबार लगातार तेस्रो दिन हो । चेतनको पुत्ला जलाइँदै उक्त प्रदर्शन सोमबारदेखि शुरु भएको थियो ।
किताबमा बिहारीहरुलाई अंग्रेजी पनि राम्रोसँग बोल्न नआउने भनिएको छ, रन्जन कुमारले भने, यो गलत हो । उता, सिंहका अनुसार उक्त उपन्यासमा डुमराओका अन्तिम राजाको १० वर्षअघि निधन भएको र रानीले नै शासन चलाइरहेको भन्दै झुठो तथ्य पेश गरिएको छ । मेरा पिता कमल सिंह अझै पनि डुमराओका महाराजा नै हुन् र उनी अझै जीवत छन् । हाम्रो परिवारमा कुनै पनि महिलाले राजकाज चलाएकी छैनन्, सिंहले भने ।

‘पुस्तकमा भनिएजस्तै हाम्रो परिवारले जनताको आँखामा इज्जत गुमााएको छैन । आज पनि जनताको इज्जत त्यतिकै कायम छ । अनी हामी जहँडिया पनि हैनौं,’ सिंहको भनाई थियो । एजेन्सीको सहयोगमा