मन्त्रीपरिषद बैठक बस्दै

कात्तिक २७, काठमाडौँ-मन्त्रीपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल हुने सरकारका प्रवक्ता एवंम सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले  जानकारी दिए । मन्त्री रिजालका अनुसार आसन्न सार्क शिखर सम्मेलन तथा संविधान लेखन प्रकृयामा भैरहेको कामलगाएतका विषयमा पनि छलफल हुनछ ।