नेपालद्धारा मलेसीया ५३ रनले पराजित

२६ कात्तिक, काठमाडौं-यू(१९ प्रिमियर क्रिकेटको संभावित विजेता मानिएको टोली मलेसियालाई ६३ रनले पराजित गर्दै नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । नेपाललाई ११५ रनमा सिमीत राख्न सफल मलेसिया ३० दशमलव ४ ओभरमा ६२ रनको न्युन स्कोरमा  प्याकअप भयो । यसअघिका दुई खेलमा ३०० बढी रन बनाएको नेपाललाई ११५ रनमा समेटेपछि मलेसियाले जितको सम्भावना बनाएको थियो । मलेसियाका लागि अनवर रहमानले मात्र दोहोरो अंक जोड्दै सर्वाधिक  ३३ रन  जोड्न सके । नेपालका अर्जुन चौलागाईंले ३ दशमलव ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएर म्यान अफ दि म्याच समेत घोषित भए ।  सुशील कँडेल र शौरभ खनालले समान २ २ विकेट लिए भने सुनिल धमला, प्रेम तामाङ र दिपेन्द्र ऐरीले समान १ १ विकेट हात पारे । यसअघि टस जितेर पहिले व्याटिङ थालेको नेपालले ४० ओभरमा ११५ रन जोड्दा सबै विकेट गुमाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ३९ रन जोड्न सफल भए भने सुनिल धमला १९, प्रेम तामाङ १६ र यागेन्द्र कार्की ११ रनमा आउट भए । प्रदिप ऐरी १२ रनमा अविजित रहे ।