सम्बाद समितिमा काग्रेस एमालेलेको प्रस्ताबमा सदस्यले धारण राख्ने

कात्तिक २६, काठमाडौँ-राजनीतिक सम्बाद तथा सहमती समितिको बैठक आज पनि बस्दै छ । संबिधानका विबादित विषयम समाधान खोज्न विगत देखिनै बस्ने र चिया गफमा सिमित हुदै गइरहेकोभन्ने शीर्ष नेताहरुबाट नै समितीको आलोचना भइरहेका बेला आज पनि बैठक बस्न लागेको हो ।  दिउसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा काग्रेस एमालेले पेस गरेको प्रस्ताब दर्ता गर्ने नगर्ने विषयमा सभासदहरुले बोल्ने क्रम जारी रहने समिति सदस्य चित्र बहादुर केसीले जानकारी दिए ।

यसअघि हिजो बसेको समिति बैठकमा सक्तारुढ काग्रेस–एमालेले आफुहरुको सात प्रदेशको प्रस्ताबलाई अघि बढाउन आग्रह गरेपछि बैठक निष्कर्ष विहिन भएको थियो ।  सम्बाद समिति सभापति बाबुराम भट्टराइले सहमती बिना जारी हुने संबिधानले निकास नदिने भन्दै शीर्ष नेता मात्र सम्मिलित अर्को संयन्त्र बनाउन आग्रह गरे पनि काग्रेस–एमालेले त्यसलाई अस्वीकार गरेका थिए ।