राप्रपाले पूर्व पश्चिम रथयात्रा गर्ने

कात्तिक २५, काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पूर्व पश्चिम रथयात्रा गर्ने बताएको  छ । राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राज्यको माग गर्दैै मंगलबार  भरतपुरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले तीन दलकै कारण तोकिएको मिति माघ ८ मा संबिधान जारी हुन नसक्ने बताए । संबिधान बनेपछि राष्ट्रपती, उपराष्ट्रपती, प्रधानमन्त्री को बन्ने बिषयमा दलहरुबीच झगडा रहेकाले संविधानका बिषयमा सहमति हुन नसकेको थापाको   तर्क थियो ।