सुनको मुल्य घट्ने क्रम जारी

कात्तिक २५, काठमाडौँ-केही समयदेखि  ओरालो लागेको सुनको मुल्य घट्ने क्रम जारी  छ । नेपाल सुन चाँदी ब्यबसायी संघका अनुसार मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।  मंगलबार सुन प्रतितोला ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार  सुन तोलाको ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । साताको पहिलो दिन सुन तोलामा एकैदिन १५ सय रुपैयाँले वृद्धि भएको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार ओरालो लागेको सुनको असर नेपाली बजारमा पनि देखिएको हो । अहिलेकै अवस्था रहे नेपाली बजारमा सुनको मुल्य थप सस्तो हुने विश्लेषकहरुको अनुमान छ ।