तीनदिवसीय क्रिकेटमा नेपाल पराजित

कार्तिक २५,काठमाडौ – नेपालले श्रीलंकामा भएको तीन दिवसीय क्रिकेटमा नेपाल ८७ रनले पराजित भएको छ । श्रीलंकाको कुरुनेगाला इलेभेन टीम विरुद्ध २ सय ९९ रनको लक्ष्य पछ्याएको नेपाल २ सय ११ रनमा समेटिएको हो । नेपालका लागि राजेश पुलामीले बाहेक अन्य ब्याट्स्म्यान क्रिजमा जम्न सकेनन् । धरासायी भएको नेपाली इनिङ्गस् उकास्न पुलामीले ९५ रनको उत्कृष्ट पारी खेले । म्यान अफ द म्याच सोमपाल कामीले १७ रन जोडे । उनले पहिलो इनिङ्गसमा ४९ रन बनाएका थिए भने समग्रमा ७ विकेट लिएका थिए ।

पहिलो इनिङ्गसमा नेपाल १ सय ८७ रनमा समेटिएको थियो । श्रीलंकाको कुरुनेगाला इलेभेन टीमले आज अन्तिम दिन थप १० रन बनाएपछि नेपाललाई लक्ष्य दिएको हो । पहिलो इनिङमा ३ सय ४७ रन बनाएको टीमले हिजो दोस्रो खेलको समाप्तिमा १ सय २९ रन जोडेको थियो । विश्व लिग क्रिकेट डिभिजन टुको तयारीका क्रममा नेपाली टीम मैत्रीपूर्ण म्याच खेल्न श्रीलंका गएको हो ।