अमेरिकीहमलामा आईएसआईएस प्रमुख घाइते

कात्तिक २५, काठमाडौँ- इराक र सीरियाको सीमानामा रहेको एक क्षेत्रमा मिटिङका लागी जुटेका आतंकवादी संगठन आईएसआईएसका ठुला नेताहरूमाथि भएको अमेरिकी हवाई हमलामा परि संगठनका प्रमुख अबू बकर अल बगदादी गम्भिर रूपमा घाइते भएको कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरूले जनाएका छन ।

अंग्रेजी वेबसाइट डेलीमेलले स्थानीय सरकारी सूत्रहरू तथा दुइ जना प्रत्यक्षदर्शिहरूलाइ उद्धृत गर्दै जनाए अनुसार जुन घरमा आईएसआईएसका नेताहरू जुटेका थिए, त्यहाँ उक्त ग्रुपका टप कमाण्डर अल बगदादी पनि उपस्थित थिए । यस अमेरिकी हवाई हमलामा कयौं मानिसहरू मारिएका छन । यस हमला पछि स्थानीय आईएसआईएसका आतंकवादीहरू सड्कहरूमा लाउडस्पीकर मार्फत मानिसहरूसंग यस घटनामा घाइते भएकाहरूलाइ रक्तदान दिनका लागी अपील गर्दै देखिएका थिए ।

स्थानीय सूत्रहरूका अनुसार यस हमलामा हाई प्रोफाइल आईएसआईएस नेताहरू शिकार बनेको कुरालाइ मद्देनजर गर्दै अस्पतालहरूलाइ पूर्ण रूपमा खाली गराइएको छ ।
यह हमला अलकाइम नामको क्षेत्रमा भएको थियो । बगदादीलाइ निशाना बनाइएको कुरालाइ लिएर इराकी अधिकारिहरूले तुरून्तै कुनै टिप्पणी गरेका छैनन । उता, अमेरिकाले पनि यो खबरको न त पुष्टी नै गरेको छ न त खण्डन नै । अर्कोतिर आईएसआईएससंग सम्बन्धित टि्वटर अकाउन्ट्समा भने यस हमलामा बगदादीलाइ लक्षित गरिएको कुराको खण्डन गरिएको छ ।

पश्चिमी देशहरूका बिरूद्धमा लडिरहेको र पुरै संसारमा इस्लामिक स्टेट कायम गर्ने सपना देख्ने अल बगदादीलाइ निशाना बनाइएको कुरालाइ लिएर अमेरिकाको लागी ठुलै उपलब्धि मानिएको छ । अमेरिकी हवाई हमलामा मारिनेहरूमा आईएसआईएस आतंकबादीहरूमा केही क्षेत्रीय नेता पनि रहेको बताइएको छ ।

आईएसआईएसको बढ्दो प्रभाव र आतंकलाइ मद्देनजर गर्दै इङल्याण्ड र क्यानाडा पनि उक्त संगठनको प्रभाव भएका क्षेत्रहरूमा लगातार हवाई हमलाहरू गरिरहेका छन ।