फुटको संघारमा नेकपा माओवादी, भूमिगत छापामार संघर्ष गर्ने विप्लवको चेतावनी

कात्तिक २५, काठमाडौँ-तत्कालिन नेकपा माओवादीबाट  चोइटीएर गएको मोहन बैद्य नेतृत्वको नेकपा माओवादी फेरी  विभाजित हुने भएको छ । नेकपा माओवादी बाट अलग्गीए लगत्तै दुई धार देखिएको माओवादीमा सुरुवाती कालदेखि नै वैचारिक द्धन्द भएपनि दुई धार अब भने औपचारिक रुपमा नै टुक्रिन लागेको स्रोतले जनाएको  छ ।

हालको नेकपा माओवादी भित्र पनि क्रान्तिकारी धार मानिएको सचिव नेत्र विक्रम चन्दको समुहले  पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेर बुधबार र विहीबार दुई दिने राष्ट्रिय भेला बोलाएपछि पार्टी विभाजन पक्कापक्की भएको हो । विप्लवको राष्ट्रिय भेला राजधानी बाहिर भूमिगतरुपमा हुने बताईएको छ  ।

राष्ट्रिय भेला मार्फत् अलग पार्टी गठन गरी भूमिगत छापामार संघर्ष सुरु गर्ने विप्लवको धम्की छ । सुरुमा भ्रष्टाचारीमाथि भौतिक कारवाही गरिने बताइएको छ ।  यसैबिच नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले सचिव नेत्रविक्रम चन्दले  पार्टीविरोधी गतिविधि गरेको आरोप लगाएका छन् ।

विप्लवले बुधबारदेखि गर्न लागेको राष्ट्रिय भेला रोक्न पोलिटब्यूरो बैठकले निर्देशन दिएको स्रोतले जनाएको  छ । पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेको विप्लव समूहले बुधबार र विहीबार राष्ट्रिय भेला गर्ने निर्णय गरिसकेको छ ।