फेरी जनयुद्ध हुन्छ : प्रचण्ड

कात्तिक २५, रोल्पा-राजधानीमा संविधानका विबादित विषयमा भइरहेका छलफलको कुनै प्रवाह नगरी सोमबार रोल्पा हानिएका एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले काँग्रेस र एमालेका कारण १० वर्षे युद्धका उपलब्धी गुम्न लागेको बताएका छन् । ४ दिने बसाई भन्दै रोल्पाको  होलेरीमा पुगेका अध्यक्ष प्रचण्डले  मंगलबार कार्यकर्तासँग भेटघाटको क्रममा सक्तासाझेदारले बहुमतका आधारमा आफ्ना कुरा मात्रै लाद्न खोजेको आरोप समेत लगाएका छन् ।

परिवारका सदस्य, महासचिव कृष्णबहादुर महरा सचिव वर्षमान पुन सहित पुर्व लडाकुहरुको टोली सहित रोल्पा पुग्नु भएका प्रचण्डले नेपाली कांग्रेश र नेकपा एमालेले १२ वुँदे समझदारी देखि अन्तरिम सविधानका मुल मुद्धालाइ वेवास्ता गरे जनताले फेरी अर्को द्धन्द्ध गर्ने बताएका छन् । त्सका लागी उनले कार्यकर्तालाई तयार हुन समेत निर्देशन दिएका छन् ।