दलहरुको खिचातानीले समितिको बैठक स्थगित

कात्तिक २५, काठमाडौँ-संविधानका विवादित विषयमा छलफल गर्न बोलाइएको संवैधानिक सम्वाद समितिको बैठक बसेझै मात्र गरेर स्थगित भएको  छ । केही मिनेट मात्रै बसेको समीतिको बैठकमा कांग्रेस एमालेको प्रस्तावलाई प्रक्रियाका रुपमा अगाडी बढाउने वा नबढाउने भन्नेमा विवाद भएपछि बैठक फेरि बस्नेगरि स्थगित भएको हो । संवैधानिक समितिका बैठकमा कांग्रेस एमालेले आफूहरुले दर्ता गराएको राज्यपुनरर्संरचना तथा शासकीय स्वरुपसहितको नौ बुँदे प्रस्ताव अघि बढाउन माग गरेपछि बैठक आधाघन्टाका लागि स्थगित भएको छ । एमाओवादीले सहमतिबाटै निकास दिन आग्रह गरेको छ । बैठकमा कांग्रेस एमाले केही सभासदले पनि सहमतिमा नै जानुपर्ने बताएका छन् ।