इबोलाबाट ४,९६० को मृत्यु डब्लु एच ओ

कात्तिक २४, काठमाडौँ- विश्व स्वास्थ्य संगठनले खतरनाक इबोला रोगबाट १३ हजार २ साय ६८ जना मानिसहरू संक्रमित भैसकेको जनाएको छ । यस रोगका कारण अहिले सम्म ४ हजार ९ सय ६० जना मानिसहरूको ज्यान गैसकेको बताइएको छ ।

यस अघि गत बुधवार डब्ल्यूएचओले १३ हजार ४२ जनालाइ संक्रमण भएको तथा रोगका कारण ४ हजार ८ सय १८ जनाको मृत्यु भएको रिपोर्ट दिएको थियो ।

संगठनका अनुसार जम्मा ५४९ जना स्वास्थ्यकर्मीहरू इबोला भाइरसको सम्पर्कमा आइसकेको जनाएको छ । जसमध्ये ३ सय ११ जनाको मृत्यु भएको उक्त संगठनले जनाएको छ ।