करेन्ट लागेर किशोरीको मृत्यु

कात्तिक २४,धादिङ-धादिङ जिल्लामा करेन्ट लागेर एक जना किशोरीको ज्यान गएको छ ।  जिल्लाको नीलकण्ठ नगरपालिका- १, नागेस्वर भन्ज्याङमा कक्षा ८ मा पढ्ने चमेली तामाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको खाल्डे १ धुसेरी घर भई मामाघरमा घर बस्दै आएकी चमेली घाँस काटेर र्फकँदै गर्दा त्यहाँ ढलेको एउटा विद्युत्को खम्बामा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।