जापानी प्रधानमन्त्री बेइजिङ भ्रमणमा

कात्तिक २३, काठमाडौँ -जापानी प्रधानमन्त्री सिन्जो आबे आइतबार बेइजिङ् पुगेका छन् । उनी केही बेर अघि  २२ औं  एसिया प्रशान्त आर्थिक सहयोग मञ्च मा भाग लिनको  लागि त्यसतर्फ उडेको बताइएको  छ ।   यसैबीच प्रधानमन्त्री सिन्जो आबे तथा चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच पहिलो शिखर बैठक हुने समाचार गत शुक्रबारनै   जनाइएको थियो  ।  एसियाका दुई ठूला अर्थतन्त्रबीच गत दुई वर्षसम्म वैमनस्य जस्तो अवस्था देखिएको थियो । यसैबीच २२ एपेकमा भाग लिनको लागि फिलिपिन्सका प्रधानमन्त्री बेनिग्नो आकिइनो पनि आइतबार  बइेजिङ् पुग्नु  भएको समाचार प्राप्त भएको छ ।