आगलागीमा २ घर जलेर नष्ट

कात्तिक २३, सोलुखुम्बु-सोलुखुम्बु र भोजपुरमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । हिजो बेलुका भएको आगलागीमा परि करिब १७ लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु जिल्लाको जुबु–७ का दुर्गाबहादुर बस्नेतको घरमा आगलागी हुँदा करिब १० लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको बताइएको छ । उक्त आगो गाउँलेहरूलेनै रातीनै नियन्त्रणमा लिएका छन ।

उता, भोजपुर जिल्लाको काफ्ले वडा नम्बर ५ मा पनि आगलागी भएको छ । यहाँका स्थानीय पुर्णबहादुर लिम्बुको घर जलेर नष्ट हुँदा करिब ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।