जाडो बढेसँगै लोडसेडिगं फेरी बढ्ने

कात्तिक २२, काठमाडौँ-विद्युत प्राधिकरणले अहिले नियमित बक्ति  दिइरहेको छ भनेर तपाई मख्ख पर्नुभएको होला ? प्राधिकरणले जतीबेला पनी बक्ती काट्न सक्छ । तिहारको बेला भिलीमिली बक्ती नबाल्नु, भनेको सरकारले अहिले सुरुसुरु  अधिकांश समय उपत्यकामा बिजुली दिने गरेकाले आम नागरिक दगं पर्नुपर्ने कुनै कारण नै छैन ।

प्राधिकरणले अहिले अहिले चिसो पनि नबढेको  र यो समयमा बिद्युत खपत कम हुने भएकाले वितरणमा सहजता भएको र लाइन काट्नु नपरेको जनाएको  छ । ‘तर अब चिसो बढ्नदै जान थाले पछि भने तालीका अनुसार नै बिद्युत काटीने प्राधिकरणले जनाएको  छ । हप्तामा ५७ घण्टा लोडसेडिङ हुँदै आएकोमा अहिले विद्युत धेरै खपत नहुने भएकाले देशैभर दैनिक १ सय मेगावाटको हाराहारीमा मात्रै विद्युत कटौती भैरहेको छ ।