गाउँबाट निकालिएपछि कुष्टरोगीको जंगलमै बास

कात्तिक २२, पर्वत -कुष्टरोग भएको थाहा पाएपछि पर्वतको ठूलीपोखरी गाविसको एक परिवारलाई स्थानीयले गाउँ निकाला गरेका छन् । ठूलीपोखरीकी २६ वर्षीया मुना नेपाली र उनका भाइ आशिष नेपालमा कुष्टरोग भएको थाहा भएपछि गाउालेले सामाजिक बहिष्कार गर्दै गाउँनिकाला गरेका हुन् ।

बाबुको मृत्युपछि आमासागै बस्दै आएका मुनासहित अन्य तीन भाइ गाउँबाट निष्कासित भएपछि हप्तादिनसम्म जंगलवमा बसेका थिए । अहिले उनीहरुलाई दाताको सहयोगमा अन्यत्र पुर्नवास गरिएको नयाँ पत्रिकामा खबर छ ।

केही वर्षअघि मुना र आशिषमा कुष्टरोगको संक्रमण देखिएको थियो । सामाजिक रुपमै कुष्टरोग सर्ने र अन्य प्रभाव बढ्ने भन्दै गाउालेले घृणा गर्न थालेपछि आफूहरु वनबास गएको मुनाले बताइन् ।

‘गाउँलेहरुले बााचेर अर्थ छैन, मरे पनि हुन्छ भन्ने र विभिन्न गालीगलौज गर्ने गरेका कारण समाजबाट बहिष्कृत भयौं,’ उनले रुँदै भनिन्, ‘सात दिनसम्म जंगलमा बस्यौं, तीन भाइहरु खानेकुरा खोजेर ल्याउाथे, जे पाइन्थ्यो त्यही खान्थ्यौं ।’

मुनाकै गाउँकी फुपू नातापर्ने एक महिलाले उनीहरुका लागि कहिलेकााही खानाखाने ब्यवस्था मिलाएकी थिइन् । उनै फुपूको सहयोगमा आफूहरु जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा उपचारका लागि आएको मुनाले बताइन् । जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा उपचारपश्चात उनीहरुलाई आइएनएफ पोखरालो हरियोखर्क अस्पतालमा पुर्याएर थप उपचार गरेको थियो ।