अब प्रक्रियाबाटै संविधान जारी हुन्छ

कात्तिक २१, काठमाडौँ-उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सहमति नभए अब प्रक्रिया बाट नै निर्धारित समयमा  संविधान जारी हुने बताएका छन् । चितवनमा  शुक्रबार बोल्दै मन्त्री सिंहले सहमति खोज्ने प्रयास जारी रहेको बताए । लोकतान्त्रिक आन्दोलनको उपलब्धीलाई संस्थागत गर्नका लागि भए पनि यहि माघ ८ गतेभित्र संविधान जारी हुुनुपर्ने उनको तर्क  छ ।  विवादित विषयमा सहमति खोज्ने प्रयास भइरहेको भन्दै मन्त्री सिंहले सहमती नजुटे दुई तिहाइको बहुमतले भए पनि निर्धारित समयमा नै संविधान जारी गर्नेमा सबैलाई विश्पस्त रहने उनले आग्रह गरे ।