प्रचण्ड नेतृत्वको २२ दल अराजक बन्यो: मन्त्री बस्नेत

कात्तिक २१, काठमाडौँ – उद्योग मन्त्री महेश बस्नेतले २२ दलले विभिन्न बहानामा अराजकता मच्चाउन खोजेको आरोप लगाएका छन् ।  भक्तपुरमा आयोजीत एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले २२ दलले  जातीय राज्यको बीउ रोपेर देशमा जबर्जस्ती द्वन्द्व र अराजकता निम्त्याउन खोजेको आरोप लगाएका हुन् । मन्त्री बस्नेतले  संविधान निर्माणका क्रममा जातीय सङ्घीयताको प्रस्ताव ल्याएर प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चा संविधान बन्न नदिने र युद्ध निम्त्याउने खेलमा लागेको छ ।बताए । नेपाली काँगे्रस, नेकपा(एमाले)ले ल्याएको सात प्रदेशको प्रस्ताव राष्ट्रिय अखण्डता, शान्ति, समृद्धि र समयमै संविधान निर्माणका लागि भएको नको तर्क थियो ।