उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित

कार्तिक २१,काठमाडौं-उच्चस्तरीय राजनीतिक समितिको आजका बोलाइएको बैठक व्यस्तताको कारण देखाउदै  सत्तासाझेदार दलहरुले स्थगित गर्न माग गरेपछि स्थगित गरिएको समिति संयोजक एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
स्थगित भएको छ । बैठक सक्तासाझेदार दलहरुको व्यस्तताका कारण स्थगीत भएको बताइएको  छ ।

संबिधान निमार्णमा सक्तारुढ दलहरुले सात प्रदेशको प्रस्ताब पेस भएपछि दलहरुबीच बढेको दुरी घटाउन पहल गर्न भन्दै आज  अपरान्ह ४ बस्नेगरि बैठक बोलाएकोे थियो ।  सम्बाद समिति बैठक पनि अनिश्चित कालको लागि स्थगित भएको तथा दलहरुबीचको सम्बन्ध पनि चिसिएकोले संबिधान निमार्णमा छाएको अन्योलता अझै लम्बिने भएको छ ।