भारतीय मन्त्रीमण्डल बढ्ने

कार्त्तिक २१, काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार आफ्नु नेतृत्वको मन्त्रीमण्डल  बढाउने अनुमान रहेको स्रोतले जनाएको छ ।
उनले मन्त्रीमण्डलमा हाल ४५ जना मन्त्री रहेका छन् । तीमध्ये छ जनाले एकभन्दा बढी विभागहरू सम्हाल्दै आएका छन् ।  यसरी एक भन्दा बढी विभाग सम्हाल्नु हुने ती मन्त्रीहरूमा आर्थिक तथा रक्षामन्त्री अरुण जेट्लीसमेत परेका छन् ।
मोदीले आफ्नो मन्त्रीमण्डलमा थप १० जना मन्त्री सहभागीता गराउन लाग्नु भएको जनाइएको छ । ती मन्त्रीहरूले आगामी आइतबार साँझमा नै सपथग्रहण गर्नुहुने सम्भावना रहेको बताइएको छ ।