बलात्कारको आरोपमा र्‍याडिसनका महाप्रबन्धक पक्राउ

कार्तिक २१,काठमाडौं – आफ्नै स्टाफलाई बलात्कार प्रयास गरेका होटल र्‍याडिसनका महाप्रबन्धक अनिल मल्लिकलाई प्रहरीले  पक्राउ गरेको छ ।  राजधीको  होटल र्‍याडिसनका  महाप्रबन्धक समेत रहेका मल्लिकलाई बिहिबार बेलुका होटलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको  छ ।  उनलाई होटलमै कार्यरत एक महिललाई यौन शोषणको आरोपमा पक्राउ गरिएको एसएसपी उक्तम कार्कीले जानकारी दिए ।