आलोक नेम्बाङद्धारा आत्महत्या , श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा शव

कार्त्तिक २१, काठमाडौँ-हिजो बेलुका आत्महत्या गरेका निर्देशक आलोक नेम्बाङको शवलाई श्रद्धान्जलीका लागि कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा राखिने भएको छ । हाल महाराजगन्जस्थित टिचिङ हस्पिटलमा पोष्ट मार्टमको प्रक्रियामा रहेको उनको शवलाई पोष्ट मार्टम पछि प्रज्ञा लगिने निर्देशक सुमन दाहालले जानकारी दिए ।

टिचिङमा पोष्र्ट मार्टमको काम सकिए लगत्तै श्रद्धान्जलीका लागि  प्रज्ञामा डेढ दुई घन्टा राख्ने बताइएको  छ । श्रद्धान्जली लगत्तै उनलाई हिन्दू विधि अनुसार आर्यघाटमा दाह संस्कार गरिने बताइएको  छ । आलोकले आत्महत्या गर्नुअघि हिजो नै एक सुसाइट नोट लेखेर जिन्दगीमा धेरै पटक मर्नु भन्दा एकै पटक जाती लगायतका केही कुरा  लेखेको प्रहरीले जनाएको  छ । करिब ४५९ म्युजिक भिडियोको निर्देशन गरेका आलोकले तीनवटा फिल्मको निर्देशन गरेका छन् । उनको अन्तिम फिल्म प्रर्दशनको तयारीमा छ ।