एसीसी यु-१९ प्रिमियर क्रिकेट: पहिलो दिनका खेलहरु स्थगित

कार्तिक २१ काठमाडौं-कुवेतमा आजदेखि सुरु हुने भनिएको एसीसी यु-१९ प्रिमियर क्रिकेट अन्‍तर्गत पहिलो दिनको खेलहरु स्थगित भएका छन् । पहिलो दिन शुक्रबार एकअर्काका चिरप्रतिद्वन्द्वी नेपाल र मलेसिया तथा अफगानस्तिान र कुवेतबीच खेल हुने कार्यतालिका थियो।

सो प्रतियोगिताका लागि सहभागी राष्ट्रहरु अफगानिस्तान, युएई र साउदी अरबियाका खेलाडीहरुलाई भिसामा समस्‍या भएपछि पहिलो दिनका खेलहरु स्थगित गरिएको एसीसीले जनाएको छ। ‘राउन्ड रोबिन लिग’को आधारमा हुने प्रतियोगिताको पहिलो खेल नेपाल र मलेसियाबीच हुने कार्यतालिका तय भएको थियो। तर अफगानस्तिान लगायतको सहभागी राष्ट्रहरुको भिसा समस्‍याले खेल स्थगित हुन पुग्‍यो।  एसीसी यु-१९ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपाल, अफगानिस्तान, कुवेत, मलेसिया र साउदी अरबिया राष्ट्रहरु सहभागी रहेका छन्।