२५ देश सहभागी पर्वतीय सम्मेलन काठमाडौंमा

कात्तिक २१,काठमाडौ-पर्वतीय क्षेत्रका वासिन्दा र परिवर्तित अनुकुलनुका बारेमा २३ देखि २६ कात्तिकसम्म काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । कान्तिपुर दैनिक अगाडि लेख्छ, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड को संयुक्त आयोजनामा हुने सम्मेलनमा २५ देशबाट मन्त्री, सभासद, विशेषज्ञ, अनुसन्धानकर्ता र सञ्चारकर्मीसहित २ सय ५० जना सहभागी हुनेछन् । ती मध्ये २ सय विदेशी हुनेछन् ।

जलवायु परिवर्तनसम्विन्धि पक्ष मुलुकहरुको २० औं सम्मेलन ९कोप २०० को पूर्वसन्ध्यामा पर्वतीय क्षेत्रको मुद्दा र हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलगायतलाई सशक्त बनाउन सम्मेलन गर्न लागिएको इसिमोडका नन्दकिशोर अग्रवालले बताए । कोप २०आगामी डिसेम्बर पहिलो सातादेखि पेरुको लिमा सहरमा हुँदैछ ।

जलवायु परिवर्तनका कारण हिमालयक्षेत्र र त्यसक्षेत्रका वासिन्दाको जनजीवनमा परेको असरबारे विश्वको ध्यान केन्द्रित गर्न गत साता मन्त्रालयले सुन्दर रारातालमा जलवायु सम्मेलनु गरी घोषणापत्र जारी गरेको थियो । नेपालले अति कम विकसित मुलुकहरु एलडीसी को नेतृत्व गरेपछि जलवायु परिवर्तनले पर्वतीय र हिमालयक्षेत्रमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गर्न विविध कार्यक्रममा जोड दिदै आएको छ ।