६ करोड कुल्याएर अस्मिता फरार

 कार्तिक २१,बागलुङ- कुरा पत्यार नलाग्दो पनि छ यहाँकी एक महिलाले बजारका व्यापारी र सर्वसाधारण बाट करिब ५ करोड भन्दा बढि रकम कुल्याएर फरार भएकि छिन । जिल्लाको सिंगान घर भई बागलुङ बजारमा कस्मेटिक पसल गर्ने अस्मिता खड्काले उक्त रकम कुम्लाएर भागेकि हुन । खड्कालाई करिब ५४ लाख रुपैया ऋण दिएकी बा.न.पा. ३ कि कमला देवि प्रधान उनि भागेको खबर पाएपछि निकै समस्यामा परेकी छिन । अस्मिताले आफनो कस्मेटिक पसल गत विहिबार दिउँसो खुल्ला छोडेर फरार भएकि छिन । सुरुमा १५ लाख , अनि १० लाख र २९ लाख गरी ५४ लाख ऋण दिएकि कमला अहिले न निन्द्रा न भोका छिन । गत विहिबार पसल खुल्ला छोडेर आफ्नी छोरी सहित फरार भएकी कमला मोबाई स्विच अफ गरेर सम्पर्क बाहिर गएपछि उनले करोडौं रुपैयाँ रकम लिएर फरार भएको खुलासा भएको छ ।

रकम दिन्छु भनेकी महिला एक्कासी फरार भई प्रधानले दुखेसो पोखिन मत बर्बाद भए । बागलुङ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष शिवकुमार प्रधानकी पत्नी कमला अहिले निकै पिढामा छिन । लाखौ रकम लिएर पनि समय समयमा व्याज बुझाउँदै आएकी अस्मिता अचानक सम्पर्क बाहिर आएपछि उनलाई ऋण दिने बजारका व्यापारी एवं सर्वसाधारण पनि हावाखावा परेका छन । प्रधान मात्र नभई बागलुङ बजारमा व्यवासाय गदै आएको युगेन्द्र श्रेष्ठको पनि करिब ५० लाख रुपैया उनले लगेकी थिईन । व्याज समयमै दिने गरेकी थिई श्रेष्ठले भने व्यावहार राम्रो नै थियो अहिले उसैले धोका दिई । यति धेरै कारोबार गरेको थाहा भएन सबैको पैसा लिएकी रहिछ खड्काले महिना सकिँदा लिएको पैसाको व्याज बुझाउँदै उनि ईमान्दारिताको खेल खेलेकि थिईन ।

आफ्नो पति क्यानाडामा रहेको भनेर सबैलाई छलि कारोबार गरेकी अस्मिता एउटासँग ऋण लिई अर्कोलाई तिर्ने गरेको रहस्य खुलेको छ । नियतिको रुपमा बैक र समाजमा चलेको व्याज भन्दा धेरै व्याज तिर्दै आएको र नियमति दिएर प्रलोभनमा पारी बजारका व्यापारी र सर्वसाधारण साथै ग्रामिण भेगका महिलाहरुबाट करोडौ रकम लिएको पाईएको छ । विहिबार दिउँसो पसल खुल्ला छोडेर छोरी सहित हिँडेकी खड्काको पसल साँझ पख उनका छिमेकी देवर पर्नेले आएर बन्द गरेका थिए ।