माग पुरा नभए फेरी अनशन बस्ने डा केसीको चेतावनी

कात्तिक २०, काठमाडौं-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसी सरकारले यसअघि आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आमरण अनशन बस्ने बताएका छन । डा केसीले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै अबको १० दिनभित्र सरकारले यस अघि नै गरेको सहमती कार्यन्वयनमा कन्जुस्याँयी गरे कडारुपमा त्यसको प्रतिकार गर्ने बताएका छन् । त्रिवि अन्र्तगतको चिकित्सा शिक्षामा रहेको विकृति अन्त्यका लागि आफूले धेरै पटक सरकारी उच्च निकाय र स्वयम म  सुशिल कोइरालाको ध्यानाकर्षण गराए पनि कसैले पनि ध्यान नदिएको बताए  । राष्ट्रिय चिकित्सा शिक्षा नीति तय गर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थानलाई स्वायत्तता प्रदान गर्ने, त्रिभुवन विश्वविद्यालयका भ्रष्टाचारमा संलग्न पाइएका पदाधिकारीलाई कारवाही गर्ने लगायतका सहमति कार्यान्वयन गर्नतर्फ सरकार गम्भिर नभएको केसीको आरोप छ ।