मैत्रीपुर्ण खेल खेल्न राष्ट्रिय क्रिकेट टोली श्रीलंका जाँदै

कात्तिक २०, काठमाडौँ-भोलीदेखि सुरु हुने मैत्रीपूर्ण अभ्यासखेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदै छ । कप्तान पारस खड्काको नेतृत्वमा १५ सदस्यीय क्रिकेट टोली आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु क्रिकेटको तयारी स्वरुप श्रीलङ्का जान लागेको हो । टोली आज अपरान्ह ४ बजे श्रीलङ्का प्रस्थान गर्ने क्यानले जनाएको छ ।

खड्का नेतृत्वको टोलीमा उनीसँगै ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिल कुमार मण्डल,  सुवास खकुरेल ,शक्ति गौचन र करण केसी र  प्रदीप ऐरी,छन् । त्यस्तै वसन्त रेग्मी,  सोमपाल कामी, सागर पुन, अमृत भट्टराई, नरेश बुढाएर, राजेश पुलामी र भुवन कार्की रहेका छन् । श्रीलंकामा नेपालले श्रीलंकासंग २ तिन दिवसीय, हङकङसंग ३ वटा ट्वान्टी–ट्वेन्टी म्याच तथा १ एकदिवसीय क्रिकेट खेल्नेछ ।