तीन दलको बैठक जारी, संविधानका बैठक सुचारु गर्ने विषयमा छलफल

कात्तिक २०, काठमाडौँ-लामो समयदेखिशीर्ष  तीन दलको निरन्तरको बैठकले आज पनी निरन्तरता पाएको  छ । बिहान १० बजे देखि सिंहदरबारमा सुरु भएको  बैठकमा प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीसँगै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र संवाद समितिका सभापति डा बाबुराम भट्टराई सहभागी सहभागी छन् । संविधानका मुख्य विवादति विषयमा कांग्रेस एमालेले साझा अवधारणा बनाएर संवाद समितिमा पेश गरेपनि छलफल सकेको छैन । समिति सभापति डा बाबुराम भट्टराईले बैठक अनिश्चितकालका लागि स्थागित गरेपछि बैठक तत्काल सुचारु गर्न भट्टराईलाई दवाब परेपनि कुरा मिलिरहेको छैन। आजको बैठकमा संविधानका बैठक सुचारु गर्ने विषयमा छलफल केन्द्रित हुने नेताहरुले बताएका छन् ।