प्रचण्ड सकारात्मक छन्, अब संविधान आउँछ : प्रम कोइराला

कात्तिक १९ ,चितवन-प्रधानमन्त्री सुशील कोइरालाले सबैलाई समेटेर समयमानै संविधान जारी गरिने बताएका छन् ।  प्रजातन्त्र सेनानी श्यामकृष्ण प्रधानको  स्मृतिमा नेपाल प्रेस युनियन चितवनको नाममा  स्थापना गर्न लागेको अक्षयकोष रकम  हस्तान्तरण  समारोहमा उनले दुई तिहाई मतबाट पेलेर संविधान बनाउने उद्देश्य आफ्नो नरहेको स्पष्ट गरे । उनले संविधान बनाउने कुरामा प्रचण्डजीहरु सकारात्मक भएको र  संविधान बन्न कसैले नदिए त्यसलाई जनताले नछाड्ने दाबी गरेका छन् ।  अबको द्वन्द्व मुलुकले थेग्न नसक्ने बताउँदै प्रधानमन्त्री कोइरालाले विगतमा संवैधानिक राजतन्त्र मान्दै गर्दा उनीहरुकै कारण जसरी राजतन्त्र समाप्त भयो त्यसैगरी जनतासँग जोरी खोज्ने आफँै समाप्त भएर जाने बताए ।