सिमेन्ट लगाएर कुरुप बनाइँदै सिंहदरबारको मुलढोका

 कात्तिक १९,काठमाडौं  – चुना, सुर्कीलगायतका वस्तुबाट निर्मित पुरातात्त्विक सिंहदरबारको मूलढोका सार्क शिखर सम्मेलनका लागि सिमेन्ट प्रयोग गरेर मर्मत गर्न थालिएको छ। पुरातत्त्व विभागले सिमेन्ट उप्काएर पहिले प्रयोग भएकै सामग्रीबाट सिंहदरबारको मूलढोका मर्मत गर्न सोमबार पत्राचार गरेको छ।सिंहदरबार पुनर्निर्माण विभागले भने कम समय, धेरै काम र संरचनाको स्थायित्व तथा अन्य व्यावहारिक कारणले सिमेन्ट प्रयोग गर्न बाध्य भएको दाबी गरेको छ। एक सय १० वर्षअघि बनेको यो ढोका २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि बाँकी रहेका थोरै मौलिक संरचनामध्ये एक हो।इँटा, चुना, सुर्की, मासलगायतका सामग्री प्रयोग गरी बनाइने बज्रबाट यसको निर्माण भएको हो। नेपालका अधिकांश पुरातात्त्विक संरचनामा यही सामग्री प्रयोग भएको छ। मूलद्वारको दुईतर्फ दुईदुईवटा साना कोठा भएको दुईतले संरचना छन्। कलात्मक द्वारमा साना बुट्टा कुँदिएका छन्। पुरातत्त्वविद्का अनुसार इँटाको धुलो, रोडीको चुना, मास, सुर्तीलगायतका पदार्थ ७२ घन्टासम्म भिजाएर तयार गरिने बज्र जति पुरानो भयो, उति बलियो हुन्छ।
यसैबीच, काठमाडौं महानगरपालिकाले सार्क शिखर सम्मेलनका लागि ऐतिहासिक रानीपोखरीमा संगीतअनुसारका रंगसहितको पानीको फोहोराको व्यवस्था गर्ने जनाएको छ ।तर मंगलबारसम्म त्यसको कुनै तयारी देखिँदैन । महानगरपालिकाले पानीको फोहोराको लागि मात्रै पाँच करोड रुपैयाँ बजेट छुट्याए पनि तिहारअघि जडान भएका चारवटा फोहराका लागि मात्रै पाँच करोड रुपैयाँ छुट्याए पनि तिहारअघि जडान भएका पाँचवटा फोहरा सुकेको पोखरीमा बन्द अवस्थामा थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।