अकेशा र सौरमले पुसको जाडोमा मात्रै जिन्दगीलाई रक्स बनाउने

कात्तिक १८, काठमाडौँ- सिनेमा ‘जीन्दगी रक्स’को अफिसियल ट्रेलर रिलिज भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको युनिटले सिनेमाको फर्स्टलुक ट्रेलर सार्वजनिक गरिएको हो । करिव एक महिना पहिले सार्वजनिक गरिएको सिनेमाको ‘लखर लखर’ बोलको गीतले यतिबेला सिने बजारमा राम्रै चर्चा पाईरहेको छ ।सिनेमा ‘जीन्दगी रक्स’को सार्वजनिक ट्रेलरमा सेमा भित्र कलाकारहरुले गरेको रोमान्स, द्वन्द्व र पश्चाताप लगायतका मुख्य मुख्य पक्षहरुलाई देखाईएको छ । सिनेमामा मोडल अकेशा बिष्ट, सौरमराज तण्डुकार, ऋचा शर्मा, सोनम पाक्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, बोनोद मैनाली लगायतका कलाकारहरुको अभिनय छ । सिनेमामा अधिकांश कलाकारको डेब्यु अभिनय रहिरहँदा निर्देशक निकेश खड्काको लागी पनि सिनेमा निर्देशन नयाँ अनुभव छ ।सिनेमामा लगानी बिरेन्द्र राज तन्डुकार, सुजाता श्रेष्ठको छ । सिनेमाको कथा भने निरज महर्जनको हो । म्युजिकल लभ स्टोरीमा आधारित यो सिनेमाले युवा पुस्ताको प्रेम कथालाई नै प्राथमिकता दिएको छ । म्युजिक भिडियोमा राम्रैसँग अनुभव संगालेको टिमले ठुलोपर्दामा कस्तो काम गरेको छ भन्ने कुरा सिनेमा प्रदर्शनमा आएपछी नै थाहा होला ।