भारतद्धारा श्रीलङ्का १ सय ६९ रनले पराजित

कात्तिक  १७, काठमाडौँ-भारतले पहिलो एक दिवशीय क्रिकेटमा श्रीलङ्कालाई १ सय ६९ रनले हराएको छ । गएराति भएको खेलमा भारतले दिएको ३ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ३९ दशमलव २ ओभरमा १ सय ९४ रन बनाउँदै अल आउट भयो ।

भारतका लागि ईशान्त शर्माले ४, एआर पटेलले र युटी यादवले २–२ तथा रविचन्द्र आश्विन र सुरेश रैनाले एक–एक विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ वकेट गुमाएर ३ सय ६३ रन बनाएको थियो ।