आज अर्को जहाज ल्याउने निगमको तयारी

कात्तिक  १७, काठमाडौँ – लामो अनिश्चिततापछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट  अर्को नयाँ जहाज सोमबार काठमाडौं आउने भएको छ ।चीनले यसअघि दिएको मिति अनुसार नयाँ जहाज गत असार ३० मै आइसक्नुपर्थ्यो। निगम व्यवस्थापनले यताबाट ताकेता गरेको गर्ै्न गरेपछि चीनले त्यसपछि फेरि अर्को मिति दिएको थियो । त्यसअनुसार गएको साउन ९ मा उक्त जहाज काठमाडौं अवतरण गर्ने तालिका थियो।

ढिलै भए पनि जहाज आउने भयो, वायुसेवा निगमका एक उच्च अधिकारीले  नयाँ जहाज सोमबार साँझ ५:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।
चीनबाट सोमबार ल्याइने जहाज १८ सिटयुक्त वाई १२–ई मोडेलको हो। यो अनुदानमा पाइने दोस्रो जहाज हो।

यसअघि अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त मोडर्न आर्क ९ एमए–६०० मोडेल यहाँ आएर नियमित व्यापारिक उडान सुरु गरिसकेको छ ।