भारतिय खलनायक सदाशिवको निधन

कात्तिक १७, काठमाडौँ -२५० वटा भन्दा बढी चलचित्रमा अभिनय गरेका भारतिय  चर्चित खलनायक सदाशिव अमरापुरकरको ६४ बर्षको उमेरमा मुम्बईमा निधन भएको छ। फोक्सोमा समस्या भएका कारण अमरापुरकरलाई पछिल्लो एक साता  दिनदेखि धिरुभाई अम्बानी अस्पतालमा उपचारको लागि भर्ना गरिएको र उपचारकै क्रममा उनको गएराती करिब ३ बजे निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनी फोक्सोको समस्याबाट लामो समयदेखि पीडित थिए। अमरापुकरको भोली चार बजे अहमदनगरमा अन्तिम दर्शनका लागी राखिने पारिवारिक श्रोतले जनाएको  छ ।  उनका अर्ध सत्य,   सडक, हुकुमत, आँखे, इश्क काफी कामयाब, लगायतका चलचित्र सफल मानिन्छन् ।