संवाद समितिको ६०औँ बैठक आज

कात्तिक १७, काठमाडौँ -संविधानका विबादित विषयमा सहमति जुटाउन सक्रिय रहेको  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको ६० औँ बैठक आज बस्दैछ ।  बैठक विहान ९ बजे बस्ने संसद सचिवालयले जनाएको  छ । यसअघि हिजोको ५९ औँ बैठक विना निष्कर्ष टुगींएको थियो । हिजोको  संवाद समितिको बैठक ४ बजे बोलाइएको भए पनि तीन दलको बैठकका कारण बस्न सकेको थिएन। संवाद समितिको बैठकमा आएका अन्य नेताहरु समयमै बैठक सुरु नभएको भन्दै आक्रोसित बनेका थिए। मधेसि जनअधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छेदार सहितको टोली संवाद समितिको बैठक कि सुरु गर्नुस् कि स्थगित गर्नुस् भन्दै तीन दलको बैठकमा प्रवेस गरेका थिए। उनिहरु बैठक स्थलमा प्रवेस गरेपछि तीन दलको बैठक स्थगित गरी संवाद समितिको बैठक सुरु भएको थियो।