भ्रष्टाचार आरोपमा बाल स्वास्थ्य महाशाखाका निर्देशक सहित १२ पक्राउ

कात्तिक १७, काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संग्लन भएको भन्दै स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखा टेकुका निर्देशक सहित १२ जनालाइ पक्राउ गरि हिरासतमा लिएको छ।

विभाग अन्तर्गतको बाल स्वास्थ्य महाशाखा टेकुले बालबालिकालाई विभिन्न खोप लगाउने कार्यक्रममा करोडौं भ्रष्टाचार गरेको भेटिएको भन्दै विभागका निर्देशक सहितका पदाधिकारीहरुलाइ आइतबार हिरासतमा लिएको हो।

अनुसन्धानका क्रममा आ.व. २०६८।०६९ र ०६९।७० मा विभिन्न कार्यक्रम गरेको भनि कार्यक्रमको नाममा खर्च भएको भनि उडान नै नगरी हवाई सेवा प्रयोग गरेको नक्कली ई-टिकेट पेश गरेको, फोटोकपी मेशीन नै नभएको पुस्तक पसलमा फोटोकपीको बिल पेश गरेको, हल नै नभएको तथा हल भएता पनि कार्यक्रम नगरी हल भाडामा लिएको, स्टेशनरी तथा होटलबाट सामान तथा सेवा खरीद नगरी खरीद गरेको, सरकारी गाडी कार्यक्रममा प्रयोग गरेको भनि पेट्रोल समेतको झुठा बिलहरू पेश गरेको, होटल तथा स्टेशनरी पसलबाट खाली बिल ल्याई आफु अनुकूल खर्च भएको विवरण भरेको अख्तियारले जनाएको नागरिक दैनिकले खबर छापेको  छ ।

पक्राउ पर्नेहरु:
१. निर्देशक डा. श्यामराज उप्रेती
२. लेखा अधिकृत दिपक प्रसाद तिमिल्सिना
३. जन स्वास्थ्य अधिकृत ठाकुर बस्नेत
४. बरिष्ठ जनस्वास्थ्य अधिकृत लिला बिक्रम थापा
५. खोप सुपरभाइजर अधिकृत प्रेम कुमार श्रेष्ठ
६. सुपरभाइजर अधिकृत शम्भु बाबु तिवारी
७. सुपरभाइजर अधिकृत शंकर प्रसाद आचार्य
८. जनस्वास्थ्य अधिकृत शंकरदेव जोशी
९. बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपकराज चौंलागाई
१०. शाखा अधिकृत डिक बहादुर विष्ट
११. शाखा अधिकृत हरि प्रसाद अधिकारी
१२. जनस्वास्थ्य निरिक्षक महेन्द्र प्रकाश शर्मा