समितीको ५९ औँ बैठकमा मध्यमार्गी उपायबाट सहमति खोजीने

कात्तिक १६, काठमाडौँ-संविधानका विवाद विषयमा सहमति जुटाउन शीर्ष दलको बैठक आज पनि बस्दैछ । संविधानका मुख्य तथा विबादित विषयमा समाधान निकाल्ने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले दलका अडानसहितको प्रतिवेदन संविधानसभामा पेस गर्ने छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठक ५९ औँ बैठक हो ।  विवादित विषयमा सहमति जुटाउन भएका प्रयास असफल भएपछि समितिले मध्यमार्गी उपाय निकाल्दै सहमति र असहमतिका विषयलाई एकमुष्ठ रुपमा सभामा प्रस्तुत गर्ने तयारी गरको छ । त्यसकोलागि समितिको बैठक आज दिउसो २ बजेकोलागि बोलाइएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।  दलहरुबीच मुख्य बिबादीत बनेको राज्यपुर्नसंरचनामा काग्रेस–एमाले सात प्रदेश भन्दा बढ्न नहुने अडानमा छन् भने एकीकृत नेकपा माओबादी सहित अन्य मधेसबाँदी दलहरुले १० प्रदेशभन्दा तल नर्झने बताउदै आएका छन् । दलहरुले आपसी अडान नछाड्दा निरन्तर छलफल भैरहेपनि सहमती जुट्न सकेको छैन ।