निगमले अाज पेट्रोलियम पदार्थको मुल्य घटाउँदै

कात्तिक १६, काठमाडौँ-भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य पुन घटाउने तयारी गरेको जनाएको छ । पछिल्लो पटक भारतमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ६० पैसा र डिजेलमा २ रुपैयाँ ४१ पैसा मुल्य घटेको छ । प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने संचालक समितिको निर्णय अनुसार आज मूल्य घटाउने तयारी भईरेको कुरा आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनु भएको छ ।

भारतीय आयल निगमले नयाँ मुल्य सुची पठाईसकेको छ । हिजो शनिवार परेकाले मुल्य समायोजन गर्न नसकिएको उहाँले बताउनुभयो ।

निगमले गत कार्तिक २ गते पनि पेट्रोलमा २ रुपैयाँ ५९ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैया ६ पैसा घटाएको थियो । मुल्य समायोजनअघि निगमलाई पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ५९ पैसा र डिजेलमा ४ रुपैयाँ ४१ पैसा नाफा रहेको छ ।