पाँच वर्षकी बालिका बलात्कृत

कात्तिक १५, काठमाडौं-दाङ, दाङ जिल्लामा एक जना पाँच वर्षकी बालिका बलात्कृत भएकी छन । जिल्लाको तुलसीपुर बजारकी ५ वर्षकी बालिकालाई एक जना युवकले अपहरण गरि बलात्कार गरेको कुरा प्रहरीले जनाएको छ ।

ती बालीकालाई एक जना युवकले शुक्रबार बेलुकी चक्लेटको लोभ देखाएर अपहरण गरेको बताइएको छ । ती बालिका शनिबार बिहान घोराही बजार नजिकै बेवारिसे अवस्थामा भेटिएकी थिइन ।

उनका परिवारजनले बालिका हराएको जानकारी प्रहरीमा गराएपछि खोजी गर्दा उनलाइ प्रहरीले घोराही बजारमा बिहान सडकमा अचेत अवस्थामा फेला पारेको थियो ।
ती बालिकाको स्वास्थ्य परिक्षण गर्दा उनी माथि बलात्कार भएको अस्पतालले पुष्टि गरेको थियो ।

प्रहरीले उक्त अपहरण गरेर बलात्कार गर्ने युवाको खोजी गरिरहेको जनाएको छ ।