सोमपाल एसीसीको एसियन गेम्स टीममा छानिए

कार्तिक १६ ,काठमाडौं-नेपाली टिमका पेस बलर सोमपाल कामी एसियन क्रिकेट काउन्सिल एसीसीको एसियन गेम्स टीममा छनोट हुन सफल भएका छन्।
शनिबार एसीसीले जारी गरेको एक सूचीमा पुरुष तथा महिलाको एसियन गेम्स सेलेक्ट ११ को घोषणा गरिएको थियो । यस सूचीमा नेपालका १८ बर्षीय सोमपाल छनोट भएका हुन ।

हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औ एसियाडमा स्वर्ण बिजेता टोली श्रीलंकाकाका थिरिमाने कप्तान रहेको टोलीको ११औ नम्बरमा सोमपाल परेका छन ।
एसियन गेम्स सेलेक्ट टिममा छनोट हुने सोमपाल श्रीलंकाका उपुल थरांगा, बंगालादेशका साकिब अल हसन र अफगानीस्तानका मोहम्मद नाबीसँगै एकमात्र नेपली खेलाडी हुन पुगेका छन ।

यस टिमका कप्तानमा श्रीलंकाका जाहिरु थिरिमाने छन् । अहिले छनोटमा परेका १२ जना खेलाडीहरूमा श्रीलंकाका थरंगा, डिनेश चण्डिमल र जीवन मेन्डिस, बंगलादेशका हसन, तमिम इकबाल, मासाराफे मोर्टाजा, अफगानीस्तानका नाबी, मलेसियाका अहमद फैज, हङकङका नदिम अहमद र वाकस वर्कत रहेका छन् ।

कोरियामा सोमपालले तीन खेलमा ८ ओभर बलिङ गर्दै ३ मेडनसहित २० रन खर्चिएर ५ विकेट लिएका थिए।